बाल उन्नति आ.विका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

१३ पुष २०८०

१३ पुष, स्वच्छखबर, काभ्रे । जिल्लाकाे भुम्लु गाउँपालिका वडा न.२ गुफा डाडाँमा अवस्थित बाल उन्नति आ.विको बालबालिकाहरुलाई जाडाेमा लगाउने न्यानाे कपडा ( ट्र्याक सुट ) र कापी, कलम लगायत शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

बिहिबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच समाजसेवी एवं वडा सदस्य सहदेव केसीले उक्त विद्यालयका विद्यार्थीहरूलाइ गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलकाे उपस्थितिमा न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यार्थीहरुलाई पठनपानमा सहज होस् भन्ने उद्धेश्यका साथै जाडाेमा बालबालिकालाई केही सहज हाेस् भन्ने अभिप्रायले न्यानाे कपडा समेत हस्तान्तरण गरिएकाे बताउँदै समाजसेवी केसीले आगामी दिनमा पनि न्यानो कपडाका साथै शैक्षिक सामग्री दिने बाचा गरेका छन् ।

सिमान्तकृत पहरी समुदायका विद्यार्थीहरुकाे बाहुल्यता रहेकाे उक्त विद्यालयका विद्यार्थीहरू न्यानाे कपडा र कपि कलम पाएपछि हर्षित भएका थिए ।

गाउँपालिका अध्यक्ष भुजेलले युवाहरुले यस्ताे सामाजिक कार्य गर्नु आँफैमा सह्रानिय भएकाे बताउँदै सिमान्तकृत समुदायकाे बाहुल्यता रहेकाे यश विद्यालयमा सहयोग गरेकाे धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि सामाजिक काममा सक्रिय भएर लाग्न उनले समाजसेवी केसीलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी जिल्ला कमिटी सदस्य नम्रता लामा, सन्जय लामा, लेखनाथ श्रेष्ठ, दिपेन्द्र बस्नेत, पवन थापा, भुम्लु सामुदायिक विद्यालय महासंघका अध्यक्ष क्रान्ति लामा, समाजसेवी राम बहादुर थापा,सानुराज गिरी, निशान उप्रेती, विद्यालयका शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियोे ।