संघीयता कार्यान्वयनका लागि मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

१४ पुष २०८०

१४ पुष, स्वच्छखबर, काठमाडौं ।  संघीयता कार्यान्वयनको सवालमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । हेटौंमा बसेको मुख्यमन्त्रीहरुको बैठकले गरेका निर्णयहरू शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाउँदै संघीयता कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन् ।

संघीयता कार्यान्वयनका लागि संविधानअनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने विषयमा मुख्यमन्त्रीहरू छलफलमा जुटेका थिए । शुक्रवार हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । सोही निर्णय अनुसार आज प्रधानमन्त्रीसँग उनीहरूले भेट गरेका हुन् ।