रुपान्तरण अभियानले पार्टीका सबै तह चलायमान भएका माओवादीको निष्कर्ष

१७ पुष २०८०

१७ पुष, स्वच्छखबर, काठमाडौं ।नेकपा माओवादी केन्द्रले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियान निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेका हुन् ।

उनले टोल कमिटीदेखि संगठन सक्रिय र चलायनमान भएको भन्दै अभियान सफलभएको बताए । उनले भने, ‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ । टोल कमिटीदेखि संगठन सक्रिय भएका छन् । सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरुमा जागृति आएको छ ।’

उनले अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशा देखिएको बताए ।