प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

१९ पुष २०८०, बिहीबार १३:३०

१९ पुष, स्वच्छखबर,  काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो विदेशमन्त्री जयशंकरले सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

काठमाडौं ओर्लिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.