कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

२२ पुष २०८०, आईतवार १६:२८

२२ पुष, स्वच्छखबर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रुपेश कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

आइतबार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति हुन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.