नेपालमा कोरोनाको सब–भेरियन्ट जेएन.१ संक्रमण पुष्टि

२३ पुष २०८०

२३ पुष, स्वच्छखबर, काठमाडौँ ।  नेपालमा कोभिड–१९ को सब–भेरियन्ट जेएन.१ देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ ।

देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो । मन्त्रायलले कोभिड–१९ को सब–भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ ।

त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।