रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२६ पुष २०८०

२६ पुष, स्वच्छखबर,सर्लाही । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश रेग्मीको इजलासमा बम्जनसहित ३ जनाको मुद्दाको सुनुवाइ भएको थियो ।

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

बुधबार राति उनलाई सर्लाही ल्याइएको थियो । सर्लाहीमा ल्याएपछि उनलाई बिहीबारै अदालतमा पेस गरिएको हो । बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो।