पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मनन गरेर देशलाई सम्पन्न बनाउनु पर्छः पूर्वराजा शाह

२७ पुष २०८०, शुक्रबार ०९:३५

२७ पुष, स्वच्छखबर,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र भनेको भूगोल मात्र नभइ जनताको साझा थलो भएको बताएका छन् । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर भएको बताएका हुन् ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मनन गरेर देशलाई सम्पन्न बनाउनु पर्ने टड्कारो आवश्यकता रहेकोमा जोड दिएका छन् ।

‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ। त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ,’ उनले भनेका छन्।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.