विमानस्थलबाट आधा किलो सुनसहित झापाका दर्जी पक्राउ

७ माघ २०८०

७ माघ , स्वच्छखबर,काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको हो । आइतबार हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् ।

विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको उनले बताए । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा अरुको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।