सिभिल सहकारी ठगी प्रकरण: सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर

७ माघ २०८०

७ माघ , स्वच्छखबर,काठमाडौँ ।  विशेष अदालतले सिभिल सहकारी ठगी प्रकरणमा व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।

तामाङसहित श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । प्रतीक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन् । उनीहरुको सजाय निर्धारण भने हुन बाँकी छ ।