दुबै सदनको अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
९ माघ २०८०

९ माघ , स्वच्छखबर, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते अपरान्ह चार बजे दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्: