सवारी दुर्घटनामा परी मन्त्रीसहित दुईजनाको मृत्यु

११ माघ २०८०

११ माघ , स्वच्छखबर, कोलम्बो । कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सवारी दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो ।

राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भई सकेको अस्पताल स्रोतलाई उदृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडीको चालकको भने उपचार भइरहेकोे छ ।