‘समुदायमा कांग्रेस’ अभियानका लागि कांग्रेसको टोली परिचालन

१४ माघ २०८०

१४ माघ , स्वच्छखबर,  काठमाडौँ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको छ ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोेकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला जिल्लामा रहनेछ । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक हुने कांग्रेसले जनाएको छ ।