इरानद्वारा आफ्नो बाहक रकेट पहिलो पटक तीन उपग्रह अन्तरिक्षमा प्रक्षेपण

१५ माघ २०८०

१५ माघ , स्वच्छखबर,  काठमाडौँ । इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । इरानले रक्षा मन्त्रालय र सशस्त्र बलद्वारा विकसित आफ्नो बाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रह प्रक्षेपण गरेको हो ।

पश्चिमा मुलुकले भने तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढावा दिने भन्दै आशंका व्यक्त गरेका छन् । उपग्रहहरूलाई आइतबार न्यूनतम ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउण्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुईवटा नानो–उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटेलाइट क्यारियर रकेट प्रयोग गरेर प्रक्षेपण गरिएको थियो ।

अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो ।