त्रिविको उपकुलपति छनोट प्रक्रिया पुनरावलोकन गर्न सांसद श्रेष्ठको माग

१६ माघ २०८०

१६ माघ , स्वच्छखबर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्डमा भएका अस्पष्टता र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

सांसद श्रेष्ठले मंगलबार मापदण्डमा भएका विरोधाभाषपूर्ण कुराहरु व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएकी हुन् । उनले मापदण्डमा एकातिर बौद्धिक चोरी जाँच गर्ने विषयदेखि अन्तराष्ट्रिय जर्नल प्रकाशनका बारेमा नसमेटिएको, अर्कातिर १५ दिनेको म्यादमा विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको माग गर्नु जायज नभएको उनले बताएकी छन् ।

उनले विगतमा पार्टीमा आबद्ध व्यक्तिसमेत दरखास्त दिन अघि सर्नुले कार्यविधिको उल्लंघन देखिने भए पनि पार्टीमा नरहेको भनी गर्नुपर्ने स्वघोषणा आदिमा रहेको अस्पष्टताबारे पनि औंल्याएकी छन् ।