क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

१६ माघ २०८०

१६ माघ , स्वच्छखबर, काठमाडौँ । प्रहरीले क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहेका छन् ।

उनीहरुबाट मोबाइल १६ थान र चार थान ल्यापटपबरामद भएको छ । उनीहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडांैका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।