त्रिकोणात्मक सिरिजको खेलतालिका सार्वजनिक

२३ माघ २०८०

२३ माघ, स्वच्छखवर, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।

१५ फेब्रुअरी देखि २५ फेब्रुअरीसम्म हुने सिरिजमा नेपालसहित स्कटल्याण्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् । सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र स्कटल्याण्ड भिड्नेछन् । १७ फेब्रुअरीमा हुने दोस्रो खेलमा नेदरल्याण्ड्स र नेपाल, १९ फेब्रअरीमा नामिबिया र नेदरल्यान्ड्स, २१ फेब्रअरीमा नेपाल र नामिबिया, २३ फेब्रअरीमा नेदरल्यान्ड्स र स्कटल्याण्ड तथा सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्स अ नेपाल भिड्नेछन् ।

यसअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।