मोना फेस्टिवल सफल बनाउन नेपाली संघ-संस्थासंग छलफल

१ फाल्गुन २०८०

१ फाल्गुन, स्वच्छखवर, जापान । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुन लागेको प्रथम म्याग्दी (मोना) ईताबासी फेस्टिवल २०२४ सफल बनाउन जापानमा रहेका नेपाली संघसंस्थाले संग छलफल भएको छ ।

टोकियोमा आईतबार म्याग्दी लगाएत गण्डकी प्रदेश लगाएत प्रतिनिधिमूलक संघ-संस्थाका नेतृत्वसंग छलफल गरेको हो । नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमाप्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने मुख्य लक्ष्य सहित ईताबासीकुको सहकार्यमा अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवललाई विभिन्न संघ-संस्थाले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने साझा प्रतिबद्धता जनाएका छन ।

फेस्टिबलका बारेमा गण्डकी प्रदेश अन्तर्गतका संघ संस्थाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशकै लागि सुन्दर अवसर भएकाले पूर्णरुपमा साथ र सहयोगमा कुनै कमी नराख्ने सहभागीले बताएका थिए । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरे, गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा, पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछाने, बलेवा समाज जापानका अध्यक्ष महेन्द्र ढकाल, पुन क्लब जापानका अध्यक्ष राम गर्बुजा, नेपाल व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेपाल आदिवासी जनजाति महासंघ जापानका काब अध्यक्ष श्रीभक्त गुरुङ, महासचिव प्रमिला राई, लगायतले बोलेका थिए ।

प्रमुख अतिथि म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्काले म्याग्दी जिल्लाको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास गर्ने फेस्बिलबाट गण्डकी प्रदेशलाई नै झल्किने गरी तयारीमा जुट्नुपर्ने बताए । कार्यक्रम मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता,संस्थाका अन्तर्राष्ट्रिय समितिका युवा संयोजक सचिन श्रेष्ठको आतिथ्यता, संस्थाका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तव्य एवम् महासचिव सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले फेस्टिबल तयारीका बारेमा जानकारी दिएका थिए । फेस्टिबलका लागि कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ ।

कुल ४५० मान अर्थात नेपाली ४५ लाख खर्च अनुमान गरिएको मोना जापानका प्रबक्ता कमल बानियाँले बताए । नेपाली र जापानी गरी करीव २० वटा स्टलहरु रहने जनाएको छ ।