क्रान्तिकारी युवा संगठनका कार्यकर्ताद्वारा डीडीसीका महाप्रबन्धकमाथि दुव्र्यबहार

४ फाल्गुन २०८०

४ फाल्गुन, स्वच्छखवर, काठमाडौं । दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले महाप्रबन्धक झालाई शुक्रबार बिहान कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

उनीहरूले कालोमोसो दलेको भिडियो समेत सार्वजनिक गरेका छन् । दुग्ध विकासको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकाले उनलाई कालोमोसो दलिएको संघका अध्यक्ष हरिष भट्टले बताए ।