आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने महामन्त्री थापाकाे दाबी

४ चैत्र २०८०

४ चैत , स्वच्छखवर, पोखरा । गगनकुमार थापाले कांगेस अब संसदमा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै महामन्त्री थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे ।

सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको भन्दै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने बताए ।