इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो विजयी

८ चैत्र २०८०

८ चैत्र, स्वच्छखबर, काठमाडौं । इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उनले निर्णायकरूपमा हराएका छन् ।

रक्षामन्त्री प्रबोवो र उनका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिए ।

उक्त मत कूल गणनाको ५८ दशमलव छ प्रतिशत हो र पहिलो चरणमा बहुमत हासिल गर्नका लागि पर्याप्त हो । एनिस बास्वेदनले करिब चार करोड १० लाख मत अर्थात कूल गणनाको २४ दशमलव नौ प्रतिशत प्राप्त गरे भने गञ्जर प्रणोवोलाई १६ प्रतिशत अर्थात दुई करोड ७० लाख मत प्राप्त भयो । प्रबोवो र जिब्रानले अनौपचारिक गणनामा बहुमत हासिल गरेको देखिएपछि गत महिना पहिला नै जीतको घोषणा गरेका थिए ।