कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज, उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाईने

२० चैत्र २०८०, मंगलवार ०६:११

२० चैत्र, स्वच्छ्खवर, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसारइलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ- १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.