त्रिविको रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिमा अवरोध नगर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

२३ चैत्र २०८०

२३ चैत्र, स्वच्छखवर, काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्ति भागवण्डा नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराएका हुन् ।

उनले प्रक्रियालाई अवरोध नगर्न र कुलपतिको हैसियतले सहजीकरण गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस् ।’