बौद्धनाथ क्षेत्र विकास समितिद्वारा जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ शिविर

१९ जेष्ठ २०८१

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गर्दै आएकाे छ  । काठमाडौं महानगरपालिका वडा नम्बर -६ बासी जेष्ठ नागरिकका लागि समितिले गत महिना नि : शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम गरेकाे थियाे ।

उक्त कार्यक्रमबाट छुट भएका ६८ वर्ष उमेर माथीका जेष्ठ नागरिकका लागि पु:न नि:शुल्क स्वास्थ परिक्षण तथा औंषधि वितरण गर्ने सुचना जारी गर्दै समितिकाे कार्यलयमा आफ्नो नाम दर्ता गराउन अनुराेध गरिएको छ ।

ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गरिनुका साथै स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण कार्यक्रम स्तुपा सामुदायिक हस्पिटल चुच्चेपाटीमा आगामी जेष्ठ ३०,३१ र ३२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यस्ताखाले कार्यक्रबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्याको बारेमा सचेतना भई स्वास्थ्य स्याहार तथा स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।