भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न क्रिकेटप्रेमीलाई सन्दीप लामिछानेको आग्रह

२८ जेष्ठ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् ।

टी २० विश्वकप खेल्न गएराति वेष्ट इन्जिड पुगेका सन्दीपले सामाजिक संजालमार्फत खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन् । उनले क्रिकेट प्रेमीको सपना पूरा गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तर अब यी सबैका बाबजुद म वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको छु र मेरो र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले आफूले अमेरिकाको भिसा नपाएपनि त्यसका लागि सहयोग गरेकोमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिएका छन् ।

त्यस्तै उनले मेरो यात्रालाई सम्भव बनाउनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना कानुन व्यवसायी सरोज के घिमिरे, विनोद दास, प्रबल गौतम र बालकृष्ण लामिछानेलाई धन्यवाद दिएका छन् ।