वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला

२९ जेष्ठ २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला गरेको छ । सोमबार न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको हो ।

अदालतले यसअघि नै उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको हो । आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै गिरीकी पत्नी अरती रावलले मुद्दा दायर गरेकी थिइन् ।