नेपाली सेना कुनै व्यावसायिक गतिविधिमा नलागेको रक्षामन्त्री उप्रेतीको जिकिर

९ असार २०८१

काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहुने बताएका हुन् ।

उनले भने, ‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेद्भाव सम्बन्धमा प्रश्न उठेको छ । नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन् । र, हुने छैन् र त्यस्तो भएमा मेरो जानकारीमा आउनुपर्यो । किनकी नेपाली सेनाभित्र ने भेदभाव भयो भने द्वन्द्वको कहिल्यै अन्त्य हुँदैन । जहाँ भेद्भाव हुन्छ त्यहाँ विद्रोह र द्वन्द्व हुन्छ । त्यहीबाट द्वन्द्वपीडित निस्कदा अर्को चरणको द्वन्द्व सुरु हुन्छ ।’

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए । राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने भएकाले चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ ।

उनले नेपाली सेना कुनै व्यावसायिक गतिविधिमा नलागेको जिकिर गरे । शान्ति सेनाअन्तर्गतको मिसनमा गएबापत प्राप्त पैसालगायत रकमले सैनिक कल्याणकारी कोष सञ्चालन गरिएको उनले बताए ।