प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूमाथि १० दिनभित्र उजुरी दिन आह्वान
४ आश्विन २०८१
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूमाथि उजुरी आह्वान गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै समितिले १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ भने बेल्जियमको राजदूतमा सेवा लम्साल र अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ ।
Post Views: 40
प्रतिक्रिया दिनुहोस्: