नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे प्रशासनिक भवन

१९ मंसिर २०८१

१९ मंसिर, स्वच्छ खबर,काठमाडौं । विगत ३२ वर्षकाे लामो प्रयास पछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे प्रशासनिक भवन स्थापित भयकाे छ । काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरको नजिकै पिपलबोटबाट १०० मिटर दक्षिणतर्फ संघले रैकर जग्गामा आफ्नै सुविधा सम्पन्न भवन खरिद गरेकाे  महासचिव मेघनाथ भुर्तेल ज्युले जानकारी दिनु भयकाे छ । ६ आना २ पैसामा बनेको १९ वटा कोठा, ३२ फिट मोहोडा भएको साढे ३ तले मुख्य कर्पोरेट भवन र २६ फुटे सडकसँगै जोडिएको ३ आना जग्गामा बनेको सहायक भवन गरी कुल ११ आना ३ पैसा क्षेत्रफलमा रहेको २ वटा भवन खरिद गरेकाे छ ।