वैदेशिक रोजगार व्यवसायी संघको चुनाव चैत २९ मा, यी हुन् गेलाल प्यानलका उम्मेदवार
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन आगामी चैत २९ गते काठमाडौंमा हुने भएको छ ।
अनुपम फुडल्याड बतिसपुतलीमा हुने चुनावी मैदानमा दुई वटा प्यानल बनाएर म्यानपावर व्यवसायीहरु हाेमिएका छन् ।
एमाले निकट म्यानपावर व्यवसायीबाट नरेस गेलालको प्यानल घाेषणा गरेको छ ।
वैदेशिक रोजगार क्षेत्रलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट सेवामुलक उद्योग बनाउने परिकल्पना लिएर चुनावी मैदानमा आएको एमाले निकट प्यानलमा काँग्रेस निकट व्यवसायीको पनि सहयोग रहेको छ भने प्रथम उपाध्यक्ष र महासचिव एमाले प्यानलबाट काँग्रेस निकट व्यवसायीले पाएका छन् ।
‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ भन्ने नारा लिएर नरेश गेलाल एमाले निकट व्यवसायीको प्यानल बनाएर चुनावमा उमिएका छन् ।सुजित कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष पदका उम्मेदवार, मधुकर रिजाल द्वितीय उपाध्यक्ष पदका उम्मेदवार, बैकुण्ड प्रसाद पौडेल तृतिय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवमा उम्मेदवार रहेका छन् । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।
चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युबराज देबकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्याका उम्मेद्धावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: