नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा गुरूङ निर्वाचित

३० चैत्र २०८१

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा भुवन सिंह गुरूङ निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन गुरुङ निर्वाचित भएका हुन् । त्यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र  तृतीय उपाध्यक्षमा वैकुण्ठ वैभव निर्वाचित भए । महासचिवमा भने महेश कुमार बस्नेत निर्वाचित भएका छन् ।

सचिवमा कुन्छ दोर्दे दिङडोङ निर्वाचित हुँदा कोषाध्यक्षमा धनमाया सिन्जाली मगर निर्वाचित भइन् । दुई वटा प्यानल बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका थिए ।