बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल
१३ बैशाख २०८२
काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।
शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्: