नयाँ कार्यसमिति चयन गर्दै भव्य रूपमा सम्पन्न भयो, भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन

काठमाडौँ । नेपाल, भारत तथा अन्य मित्र राष्ट्रहरूबीच युगौँदेखि रहँदै आएको पारस्परिक मैत्री, सद्भाव र सहकार्यलाई सामाजिक, सांस्कृतिक एवं विश्वव्यापी स्तरमा संस्थागत रूपमा विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको नेपाल–भारत मैत्री संघको दोस्रो महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ।
महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति परमानन्द झाले गरेका थिए । कार्यक्रममा नेपालको राष्ट्रिय ध्वजासँगै छिमेकी राष्ट्र भारतको ध्वजा वाहक झण्डा समेत फहराइएको थियो भने दुबै देशका राष्ट्रगान घन्काइएको थियो। उद्घाटन सत्रमा पूर्व उपराष्ट्रपति झाले नेपाल–भारत सम्बन्ध युगौँ पुरानो, ऐतिहासिक र आत्मीयता रहेको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्धलाई अझ गहिरो, संम्वेदनशील र जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भारतीय दूतावासका प्रतिनिधि उपस्थित थिए भने पूर्व अर्थमन्त्री जनार्दन शर्मा, रास्वपाका सांसद माननीय मनिष झा, पूर्व मन्त्री गणेश शाह, पूर्व मन्त्री रामेश्वर राय यादव, पूर्व सांसद शुशिला नेपाल, काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल, पूर्व सांसद एवम् कर्णेल (इ) हेम बहादुर कार्की, योगी आदिनाथ लगायत देश तथा समाजमा योगदान पुर्यानुहुने लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
महाधिवेशनको निर्वाचन प्रक्रिया वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको संयोजकत्वमा सम्पन्न भएको हो। समारोहमा ५५ जना विशिष्ट व्यक्तिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो, साथै ७ आमाहरूलाई विशेष सम्मानसमेत गरियो ।
महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ, जसमा नेपाल–भारतको आपसी सञ्जाललाई अझ सुदृढ बनाउने प्रतिवद्धता दोहोर्याइएको छ।
नवगठित कार्यसमिति यस्तो छः
अध्यक्षः कुमुद लोहनी
सह–अध्यक्षः जनक दीप पराजुली
वरिष्ठ उपाध्यक्षः युवराज श्रेष्ठ
उपाध्यक्षहरूः प्रविन मैनाली, सितारामा पोखरेल, राधादेवी पराजुली भण्डारी, सदन रेग्मी, ध्रुवराज पराजुली, ज्योतिराज राई, श्यामकुमार थापा
महिला उपाध्यक्षः दिव्य प्रभा शाही
महासचिवः किरणराज रेग्मी
सह–कोषाध्यक्षः नवराज गौतम
केन्द्रीय सदस्यहरूः पुस्कर सिलवाल, उषा आर्यल, जीवन बस्नेत, इन्द्र श्रेष्ठ आङ टाङ गुरुङ, राजेश महर्जन, महेश पौडेल
नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशनले पारस्परिक सहयोग, आपसी समझदारी र क्षेत्रीय मैत्री सम्बन्धलाई समृद्ध बनाउँदै लैजाने दृष्टिकोणसहित संस्थागत पुनर्संरचना सहित सम्पन्न गरेको छ। भूकम्प, बाढी, महामारीलगायत संकटमा एक अर्कालाई सहयोग गर्दै आएकोमा अझ दुई देशको सम्बन्धलाई समाज र देशको संस्कृति र जनस्तर सम्म मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: