विदेशी दलालहरुले हाम्रो सनातन हिन्दु परम्परामाथि प्रहार गरिरहेका छन्

८ असार २०८२

निरबहादुर श्रेष्ठ
सनातन हिन्दु धर्म रक्षार्थ ठोष मुलक आन्दोलनको कार्यक्रम गर्न हामी बाध्य भएका छौं । पहिलो त विश्व संम्पदा सुचीमा सुचीकृत पशुपतिनाथ लगायत जुनसुकै देवस्थलमा रहनु भएकाका विदेशी पुजारीहरु विस्थापित गरी देशको राष्ट्रियता र स्वाधिनता रक्षाको निमित्त स्वदेशी पुजारी राखी देशको मौतिक सनातन धर्मप्रति प्रतिबद्ध हुन आम जनता र राज्य समक्ष अनुरोध गर्दछौं ।

काठमाडौं । स्वदेशी तथा विदेशी स्वदेशी दलालहरुले हाम्रो सनातन हिन्दु परम्परामाथि प्रहार गरिरहेका छन् । यसरी फाईदा लिई रहंदा यसमा न राज्यको ध्यान छ न मिडियाको न हामीले प्रभावकारी भूमिका खेल्न सकेका छौं । त्यसैले आजको दिनमा हामी एकजुट हुनु अनिवार्य भएको छ । यसमा सबैको एकताबद्ध हुनु जरुरी छ । यसो भनिरहंदा हामीले कुनै धर्म विशेषलाई आरोप प्रत्यारोप गर्न खोजेका होईनौ । आ–आफ्नो धर्म मान्ने अधिकार सबैलाई छुट छ तर तर जवरजस्त धर्म परिवर्तन गर्न पाईदैन भन्ने कुरामा हाम्रो ध्यानाकर्षण हो । जुनसुकै धर्म मानेपनि आखिर ईश्वर एउटै हुन् भनिन्छ । त्यसो हुँदा हामी कोहीपनि नेपाली धर्मावलम्वीहरु भ्रममा नपरौं भन्ने हाम्रो आग्रह हो ।

ओमकार परिवारभित्र जति पनि जातजाति धर्मावलम्वीहरु छन् तिनीहरु तथा हामीहरु पनि सञ्चिन जरुरी छ । समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ । हो, हाम्रो धर्मको एउटा राम्रो पक्ष कसैलाई निषेध गर्ने खालको छैन । धर्मको आडमा जातीय असमानता गरिएको भनिएपनि धर्म शास्त्रले त्यस्तो परिकल्पना गरेको छैन । व्यक्ति तथा विभिन्न शासक वर्गले त्यस्तो कुकृत्य गरेका हुन् । हाम्रो धर्मले कसैलाई शत्रु मान्दैन । तर क्रिस्चियनहरुले हाम्रो धर्मलाई सैतान भन्छन् । के यसरी धार्मिक सहिष्णुता सम्भव छ त ? हामी सम्पूर्ण नेपाली मिलेर बसेको ठाउँमा यस्ता किसिमको टिकाटिप्पणी वास्तवमा राम्रो हुदैन, यसको नियमन कसले गर्ने ? यसका लागि सम्पुर्ण ओमकार परिवार एकजुट हुन जरुरी छ ।

आज देशमा धर्म परिवर्तन जवरजस्त मुख्यतः विभिन्न लोपलाप देखाई किश्चियनहरुले गरिरहेका छन् । आज केही काम नपाएर स्कुलमा समेत धर्म प्रचार गरिएको छ । यस्तो काम कहींकतैबाट हुनुहुँदैन । गरिब जनतामाथि सहयोग गर्ने शर्तमा धर्म परिवर्तन गराउदै आएका छन् । के मागेर भकारी भरिदैन, धनी भईन्छ त अथवा कसैले शर्त राखेर गरेको सहयोगलाई कसरी मानवीय पक्ष मान्न सकिन्छ ? यसलाई विकृति किन नभन्ने भन्ने प्रश्न उठ्छ । अब कुनै समय त त्यस्तो दिन पनि आउन सक्छ की प्रत्येक विद्यालयमै विद्यार्थी माझ बाईबल बाँढ्न बेर छैन । मिडियामा पनि आएका छन् की एउटा पवित्र स्वस्थानी कितावमा समेत बाइबलका कुराहरुपनि हालियो । अहिलेपनि स्वस्थानीका नयाँ किताबहरुमा बाइबलका कुराहरुपनि छन् भन्ने सुनिन्छ । यति मात्र कहाँ होर उपचार गर्न, जागिर खान तथा एउटा सामाजिक संस्था चलाउन समेत यहाँ क्रिस्चियन हुनुपर्ने रहेछ । यस्तै अवस्था रहे स्कूल, अस्पताल, एनजिओ सबै चर्चमा रुपान्तरित हुन बेर छैन ।

धर्म निरपेक्षताले के ग¥यो भन्दाखेरी विकृति विसंगति झन् बढ्यो । धर्म शास्त्र अनुसार चल्ने सबै धर्मको विधि हो तर यहाँ त्यस्तो भईरहेको छैन । एउटा विदेशी नेपाल आएर पशुपति, स्वयम्भु पुग्छ, अरु धेरै मन्दिर धाउछन् । तर हामी नेपालीहरु क्रिस्चियन भएको केही दिन नपुग्दै हिन्दु धर्मावलम्वीहरुलाई सैतान भन्न थाल्छन् । साईत नपरेको समेत भनेको सुनियो । यि सबै जनचेतनाको अभाव हो भन्ने लाग्छ । यति मात्र कहाँ र, क्रिच्चियनहरुले कति मान्छे ल्याउने र ल्याए अथवा कति संख्या बढाए भन्ने आधारमा सेवा सुविधा तोकिदो रहेछ । के यो व्यापार होकी होईन ? कति मान्छे ल्याए भन्ने आधारमा पद पाउने, बच्चाबच्चीको लागि पढाई खर्च पाउने, पारिश्रमिक र विदेश जाने अवसर समेत पाईने रहेछ । यसरी धर्ममाथि व्यापार भईरहंदा हामी फरि पनि भन्न चाहन्छु की राज्य कहाँ छ ?

नेपालमा ९४ प्रतिशत सनातन हिन्दु धर्मावलम्वीहरु छन् भन्ने तथ्याङकले देखाउछ । तर हिन्दु धर्ममाथि यत्रो प्रहार भईरहंदा सकारात्मक गतिविधि शुन्य छ । त्यसैले हाम्रो धर्ममाथि प्रहार गर्न निरन्तर कोसिस गरिरहेका छन् । नेपालको नयाँ सविधानले युवायुवतीलाई धर्म प्रचारमा प्रयोग गरिए कारवाही हुने बताईएपछि अहिले त बुढाबुढी धर्म प्रचारमा प्रयोग गरिएको छ । बुढाबुढी प्रयोग गरेपछि कारबाही कसरी गर्ने किनकी बुढाबुढीलाई प्रशासनले समाउने कुरा त आएन । यसरी हाम्रो परम्परागत सनातन धर्ममाथि प्रहार भईरहेको छ । हेनुस, आज हाम्रो धर्मलाई गलत भन्ने ठाउँ कहाँ छ संसारले प्रकृति पुजा गर्दछन् । हाम्रो धर्म परम्परा कहाँ कमजोर छ ? यस्तो मार्मिक सनातन हिन्दु परम्परामाथि प्रहार भई रहँदा राज्य चुपचाप बसेको छ । आफ्नो धर्म संस्कृति परम्परालाई जोगाउनका लागि पनि हामी कम्मर कसेर लागेका छौं । हाम्रो धर्म परम्परा पनि कमजोर छैन ।

यदि हाम्रो हिन्दु परम्परा कमजोर थियो भने आम डाक्टर, इन्जिनियरदेखि नर्स, पत्रकार, व्यापारी, सुरक्षाकर्मी, नेतादेखि समाजसेवी र आम सर्वसाधारण सबै किन हिन्दु धर्ममा प्रतिबद्ध हुन्छन त ? हाम्रो धर्म परम्परा रुढीवादी छैन बरु सबै धर्म भन्दा बलियो र राम्रो छ । अध्यात्मले मानिसको आत्मविस्वासलाई बलियो बनाउछ, त्यो भनेको ओमकार परिवार धर्मबाट मात्र सम्भव छ । संसारमा प्रकृतिको पुजा गरिन्छ, त्यो हाम्रो धर्म परम्पराबाट सुरु भएको हो । सबै धर्मको आ आफ्नो धार्मिक मान्यता होलान् तर भगवान त सबैको एउटै हुन् । त्यसैले भ्रममा पर्नु जरुरी छैन । हाम्रो सनातन हिन्दु परम्परामाथि यत्रो प्रहार भईरहंदा राज्य त बोलेन नै नागरिक समाज, अधिकारकर्मी, अधिकारका प्राप्तिका लागि खोलिएका संघ संस्थाहरु कोही पनि प्रभावकारी रुपमा बोलेको देखिएन । मञ्च पाए के के न पाए जस्तो गरी बोल्ने, त्यसपछि, मैले त खत्रा बोले भनेर आत्मारतिमा रमाउनेहरु धेरै छन् । यहाँ बोल्ने मात्र भए, दबाबमुलक कार्यक्रम कसैको छैन । गर्न खोज्नेलाई पनि गर्न नदिने र आफुपनि नगर्ने प्रवृत्तिले हाम्रो धर्म संस्कृति परम्परामाथि दिनानुदिन प्रहार भईरहेका छन् भने यस्तै अवस्था भए लोप हुने अवस्था रहेको छ । त्यसैले हाम्रो धर्म संस्कृति परम्पराको जगेर्ना गर्न हामी सबै एकजुट हुनुको विकल्प छैन । अथवा सबैलाई एक जुट हुन आह्वान गर्दछौ ।

हाम्रो सनातन हिन्दु धर्मले कुनै भाषा, जात, पन्थ, सम्प्रदाय र लैङ्गिक आधारमा कसैलाई पनि विभेद गरेको छैन । सबै मानिस धर्मको उपासक हुनसक्ने समतामूलक धर्म नै हाम्रो सनातन हिन्दु धर्म हो । धर्मका ठेकदार हूँ भन्ने केही नक्कली पहेंलो बस्त्रधारी तथाकथित धर्माचार्यहरु धार्मिक अहिष्णुता मच्चाउन तल्लिन छन् । अतः पुरुषप्रधान सामाजिक संरचना र रुढीबादी परम्परागत दानवी सोचबाट माथि उठेर धर्म रक्षार्थ सम्पूर्ण शक्तीहरु एकजुट हुनु आजको सबैभन्दा ठूलो आबश्यकता हो । दानवी शक्तिबाट उन्मुक्ति , स्वतन्त्रतासशक्तीकरणका लागि शक्तिरुपा विभिन्न संकृणता, ढोंग र अभिमानको डङ्का पिट्नेहरुको बिरुद्ध एक भएर उठ्ने बेला आएको छ । सनातन देखि चलिआएको हाम्रो मौलिक धर्म संस्कृति , पहिचान , परम्परागत मूल्य मान्यता , सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको जग भनेको हाम्रो सनातन हिन्दु धर्ममा नै अडिग भएर रहेको छ ।

यसै शिलसिलामा सम्मुनत गणतन्त्र सहित सनातन हिन्दु धर्म रक्षार्थ ठोष मुलक आन्दोलनको कार्यक्रम गर्न हामी बाध्य भएका छौं । पहिलो त विश्व संम्पदा सुचीमा सुचीकृत पशुपतिनाथ लगायत जुनसुकै देवस्थलमा रहनु भएकाका विदेशी पुजारीहरु विस्थापित गरी देशको राष्ट्रियता र स्वाधिनता रक्षाको निमित्त स्वदेशी पुजारी राखी देशको मौतिक सनातन धर्मप्रति प्रतिबद्ध हुन आम जनता र राज्य समक्ष अनुरोध गर्दछौं ।

हाम्रा माग तथा आह्वान

१.धर्म निरपेक्षता खारेज गरी मौलिक सनातन हिन्दु राष्ट्र कायम गरौं ।
२. विश्व संम्पदा सुचीमा सुचीकृत पशुपतिनाथ लगायत सम्पूर्ण देवस्थल, मठ मन्दिरहरुमा रहनु भएका विदेशी पुजारीहरु विस्थापित गराऔं ।
३. जवरजस्त धर्म परिवर्तन गर्ने र गराउनेहरुलाई कारवाही गरौं ।
४. सम्मुत गणतन्त्र सहित मौलिक सनातन हिन्दु राष्ट्र कायम गरी राष्ट्रियता, शुद्धलियता, समाजवाद विकास र स्वाभिमानता कायम गरौं ।
५.जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौं ।
६.देशमा रोजगारी सृजना गरी युवाहरु विदेश जनाबाट रोकौं र भ्रष्टाचारको अन्त्य गरौं ।
७. गास, वास कपासको व्यवस्था सहित शिक्षा, स्वास्थ्य निशुल्क र अनिवार्य रोजगारीको व्यवस्था गरौं ।
८. पार्टीको नेतृत्व, सांसद, मन्त्री, कार्यकारी प्रमुख लगायत सार्वजनिक पदहरु दुई (२) कार्यकाल भन्दा बढी बन्न नपाउने व्यवस्था गरौं ।
९. न जनवाद न पूंजीवाद प्रगतिशील समाजवाद कायम गरौं ।
१०. भिजिट भिषा प्रकरणको छानविन गरी सत्य तथ्य बाहिर ल्याइयोस् ।
११. सहकारी ठगी प्रकरणको छानविन गरी तुरुन्त गरिव तथा पिडितको पैसा फिर्ता गरियोस् ।

(लेखक जनप्रजातान्त्रिक पार्टी नेपालका का.वा. अध्यक्ष हुन्)