नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भुर्तेल नै किन ?
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिएका छन ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका भुर्तेलले व्यवसायीको अधिकार, सम्मान र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर आफ्ना एजेण्डा सार्वजनिक गरेका छन्।लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय भुर्तेल संघको महासचिवका रूपमा काम गरिसकेका अनुभवी व्यवसायी हुन्। उनले ‘सशक्त संघ, सुरक्षित व्यवसाय, समृद्ध वैदेशिक रोजगार क्षेत्र’ भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्ष उम्मेदवार : मेघनाथ भुर्तेल
प्रथम उपाध्यक्ष उम्मेदवार : कर्णराज कटुवाल
द्वितीय उपाध्यक्ष उम्मेदवार : रबिन मेगाले मगर
तृतीय उपाध्यक्ष उम्मेदवार : लक्ष्मण पौडेल
महासचिव उम्मेदवार : अमर प्रकाश तिवारी
सचिव उम्मेदवार : राजकाजी भोलान (राज लामा)
कोषाध्यक्ष उम्मेदवार : विद्यालक्ष्मी बज्राचार्य
सदस्य उम्मेदवारहरू
राजेश मैनाली
कैलाश पाठक
देउ बहादुर गौतम (सविन)
टंक प्रसाद पंगेनी
गिता राउत
भिम माया कार्की
दिक्षा थपलिया
रोशना निरौला
दिपक कुमार
हिरालाल गौडेल
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले अनुभव, व्यवसायिक दक्षता र क्षेत्र सुधारको स्पष्ट कार्ययोजनाका आधारमा आफ्नो टिम चुनावी मैदानमा उतारेको जनाएको छ ।
फोरमका अनुसार वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्दै व्यवसायीको सम्मान, श्रमिकको सुरक्षा र राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर आगामी कार्यकालमा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ उक्त प्यानल सार्वजनिक गरिएको हो ।
भुर्तेलका अनुसार वैदेशिक रोजगार क्षेत्र आज नीतिगत अन्योल, प्रशासनिक जटिलता, बढ्दो नियन्त्रणमुखी सोच तथा व्यवसायीमाथि थोपरिने एकतर्फी दोषारोपणका कारण समस्याग्रस्त बनेको छ। यस्ता चुनौती समाधान गर्न संघको नेतृत्व बलियो, स्पष्ट र व्यवसायीप्रति उत्तरदायी हुनुपर्ने उनको धारणा छ।

प्रतिक्रिया दिनुहोस्: