संवैधानिक निकायलाई दबाबमा राखेर जंगलीराज चलाउन खोजेको कांग्रेसको आरोप
५ असार २०८३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर जंगलीराज चलाउन खोजेको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको बताएका हुन् ।
सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएका भन्दै आपत्ति जनाए ।
भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्वप्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी कानुनभन्दा माथि कोही नरहेको उनले बताए । सांसद बुढाले प्रधानमन्त्री संसदकाे सामना गर्न डराएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्: