पुनःनिर्माणका लागि दाता सम्मेलन आयोजना गर्ने सरकारको तयारी
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएकाले पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकतापर्ने बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले गत बुधबार गएको बाढीपहिरोबाट नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएकाले पनि भएकाले पनि विपद् प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका हुन् ।
मन्त्री खनालले विपद्को निश्चित चरण हुने भएकाले पनि सरकारको अहिले प्राथमिकतामा उद्धार गर्ने र सकेसम्म नेपाली तथा विदेशी नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित भइरहेको स्पष्ट पारे ।
उनले छिमेकी राष्ट्रहरूसँग विशेषगरी सुरुङ उद्धार र फेरेन्सिकलगायत सहायता माग गरिएको बताए ।परराष्ट्रमन्त्री खनालले सरकारले दाता सम्मेलनका विषयमा अहिलेसम्म कुनै निर्णय गरिनसकेको स्पष्ट पारे ।
मन्त्री खनालले दाता सम्मेलनका विषयमा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयबीच आवश्यक समन्वय रहेर दाता सम्मेलनका विषयमा आवश्यक निर्णय लिइने बताए ।
उनले भोटकोसी बाढीले नेपालका सीमित केही जिल्लामा मात्रै प्रभाव पारेको बताउँदै नेपालका काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र खुला रहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न पनि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्: