कीर्तिपुरको मेयरमा राप्रपाबाट महर्जन र जसपाबाट तेस्रोलिंगीको उम्मेदवारी दर्ता
२ मंसिर, स्वच्छखबर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिँदैछ ।
यसैगरी, जनता समाजवादी पार्टीका नेपालकातर्फबाट मेयरमा तेस्रोलिंगी दीपक महर्जन ९हनी०ले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा राजीव महर्जन मौनीले उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्: