नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरीद गर्यो आफनै भवन
६ फाल्गुन २०८१
०६ फागुन, स्वच्छ खबर,काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफेए) Nepal Association of Foreign Employment Agencies (NAFEA) ले रोजगारी कार्यका लागि आफ्नै भवन किनी दर्ता गरेको छ । यस कार्यका लागि सबै व्यवसायीहरूकाे प्रयास र समर्पणको सहयोगमा यो भवन किन्न सम्भव भएको हो । सिफल-७ मा निर्माण भएको यो भवन नाफेको नाममा दर्ता भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलको कार्यकालमा यो काम भएको हो ।


अध्यक्ष
राजेन्द्र भण्डारी

महासचिव
मेघनाथ भुर्तेल

प्रतिक्रिया दिनुहोस्: