आफ्नो पक्षमा मतदान गर्न महासचिव पदका उम्मेदवार कटुवालकाे अपिल

२३ चैत्र २०८१

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्ने आगामी चैत २९ गते काठमाडौंमा हुने निर्वाचनका लागि महासचिव पदका उम्मेदवार कर्णराज कटुवालले आफ्नो पक्षमा मतदान गर्न अपिल गरेको छ ।

डाईनामिक स्टाफिङ्ग सोलुसन नेपाल प्रा.लि.बाट महासचिव पदका उम्मेदवार कटुवालले बैदेशिक रोजगार क्षेत्रलाई उच्च मुल्यांकन गर्दै आएका तीन कार्यकालमा ब्यवसायका धेरै समस्यामा अब रात्र खटिने संघका सफल कार्य काल हाँसिलगरि बैदेशिक क्षेत्रमा धेरै अनुभवी र यस क्षेत्रमा भएका समस्याका बारेमा आवाज बुलन्द गर्न सक्ने क्षमता भएका सक्षम युवा संयुक्त ब्यवसायी समुहको महासचिव पदका उम्मेदवार कटुवाललाई अत्यधिक मत दिई बिजय गराउन सबैमा आग्रह गरेका छन् ।

काठमाडौको अनुपम फुडल्याड बतिसपुतलीमा हुने चुनावी मैदानमा दुई वटा प्यानल बनाएर म्यानपावर व्यवसायीहरु होमिएका छन् ।

एमाले निकट म्यानपावर व्यवसायीबाट नरेस गेलालको प्यानल घोषणा गरेको छ । वैदेशिक रोजगार क्षेत्रलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट सेवामुलक उद्योग बनाउने परिकल्पना लिएर चुनावी मैदानमा आएको एमाले निकट प्यानलमा काँग्रेस निकट व्यवसायीको पनि सहयोग रहेको छ भने प्रथम उपाध्यक्ष र महासचिव एमाले प्यानलबाट काँग्रेस निकट व्यवसायीले पाएका छन् ।

‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ भन्ने नारा लिएर नरेश गेलाल एमाले निकट व्यवसायीको प्यानल बनाएर चुनावमा उमिएका छन् ।सुजित कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष पदका उम्मेदवार, मधुकर रिजाल द्वितीय उपाध्यक्ष पदका उम्मेदवार, बैकुण्ड प्रसाद पौडेल तृतिय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवमा उम्मेदवार रहेका छन् । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युबराज देबकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्याका उम्मेद्धावर रहेका छन् ।