रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

८ बैशाख २०८२

काठमाडौँ । रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता भएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्नेक्रममा ३ बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजन छन् ।

उनीहरू आज दिउँसो १२स्३० बजेतिर पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौजले खोजीकार्य जारी राखेको थापाले बताए ।