जाजरकोटमा भूकम्पको धक्का

१३ जेष्ठ २०८२

काठमाडौं। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।