‘प्रगतिशील राष्ट्रिय अभियान’द्वारा ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन
काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरिएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमा गरी नेता सुदन किराँतीले समिति गठन गरेको जानकारी दिएका हुन् । समितिमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार विक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।
अभियानले जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई शीघ्र कार्यान्वयन गर्दै, सुदृढ राष्ट्र, सभ्य नागरिक र बदलिँदो राष्ट्रिय शक्ति निर्माणतर्फ अघि बढ्ने एजेन्डासहित अभियानले राजनीतिक पुनर्संरचना पूरा गर्ने उनले बताए । पत्रकार सम्मेलनमा किराँतीले प्रचण्डसँग आफूहरूको कुनै सहकार्य नहुने बताए । उनले प्रचण्डले पार्टीलाई बृद्धाश्रम जस्तो बनाएको बताए ।
किराँतीले भने, ‘भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका कारण जेनजी विद्रोह भएको घामजस्तै छर्लङ्ग छ। पुराना दलहरू जनताको आशा पूरा गर्न असफल भएकाले नयाँ राजनीतिक विकल्प अब अपरिहार्य बनेको छ।’

प्रतिक्रिया दिनुहोस्: