महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
१२ मंसिर २०८२
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
यसअघि असोज २९ गते जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: