डा.मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

२७ मंसिर २०८२

भारतको मंगलुरु स्थित श्रीनिवास विश्वविद्यालयले व्यवस्थापन विषयका विज्ञ तथा मधेश विश्वविद्यालयका डीन प्रा. डा. अञ्जय कुमार मिश्रलाई D.Litt (Doctor of Literature) डिग्री प्रदान गरेको छ।

विश्वव्यापी रूपमा उच्चतम बौद्धिक योगदान, मौलिक अनुसन्धान र दीर्घकालीन प्रभावका आधारमा प्रदान गरिने यो सुपर-डक्टरल सम्मान डा. मिश्रले व्यावसायिक सुरक्षा क्षेत्रमा गरेको अनुसन्धाको मूल्याङ्कन गरी प्रदान गरेको हो ।

विकास तथा निर्माण गतिविधिमा अपनाइने सुरक्षा उपायहरूको विश्लेषणमा आधारित उनको अनुसन्धानले कार्यस्थलमा हुने जोखिम घटाउन तथा सुरक्षित कार्य वातावरण स्थापना गर्न आवश्यक महत्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरेको छ। D.Litt डिग्री विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले अत्यन्तै विशिष्ट र प्रभावशाली शैक्षिक तथा बौद्धिक योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरूप प्रदान गर्ने उच्चतम उपाधि हो।

PhD भन्दा माथिको बौद्धिक मान्यताको रूपमा मानिने यो डिग्रीले केवल अनुसन्धानको गहिराइ मात्र होइन अनुसन्धानको दीर्घकालीन सामाजिक, सांस्कृतिक र शैक्षिक प्रभावको मूल्याङ्कनको आधारमा प्रदान गरिन्छ । निर्माण तथा विकास परियोजनासँग सम्बन्धित जोखिमहरूको व्यवस्थित विश्लेषण गर्दै दुर्घटना रोकथाम र स्वास्थ्य सुरक्षाका व्यवहारिक उपायहरूको सूक्ष्म अध्ययन गरेबापत श्रीनिवास विश्वविद्यालयले उहाँलाई यो प्रतिष्ठित शैक्षिक सम्मान प्रदान गरेको हो।

डा. मिश्रका अनुसन्धानात्मक लेखहरू, एक दर्जन भन्दा बढी सनदर्भ पुस्तकहरुले अन्तर्राष्ट्रिय स्तरमा समेत व्यापक मान्यता पाउनुका साथै लेखहरूले हजारौँ उद्धरण प्राप्त गरेका छन् । गुगल स्कलर प्रोफाइलका आधारमा एच इन्डेक्स ३३, आई–टेन इन्डेक्स १२२, १६ वटा भन्दा बढी पेटेन्ट अधिकार, २५ भन्दा बढी प्रतिलिपि अधिकार हुनुले उहाँको अनुसन्धानको प्रभावकारिता लाई प्रष्ट उजागर गरेको छ ।

समग्रमा, डा. मिश्राको अनुसन्धानले नेपालमा मात्र होइन, दक्षिण एसियाली क्षेत्रका निर्माण र विकास परियोजनामा कार्यरत श्रमिक, व्यवसायी र नीति निर्माताका लागि सुरक्षित, व्यवस्थित र दीगो कार्यस्थल सिर्जना गर्न वैज्ञानिक आधार प्रस्तुत गरेको छ। उनका योगदानले व्यावसायिक सुरक्षा र परियोजना व्यवस्थापनको क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने देखिन्छ ।