प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

२ पुष २०८२

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । प्रतिनिधिसिभा विघटनविरुद्ध कांग्रेस नेता श्याम घिमिरेसहित ८ पूर्वसांसदले रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनसमेत माग गरिएको थियो ।

प्रतिनिधिसभा विघटन निर्णय बदर गर्न माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । नेकपा एमाले र अन्य कानून व्यवसायीले दायर गरेका रिट सर्वोच्चमा विचाराधीन छन् ।