बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित कलात्मक ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन
काठमाडौं महालनगरपालिका वडा नं ६ महाकाल ओरालो शान्तिनगर चोकमा शुद्ध पिउने पानीको लागी शार्वजनिक ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी निर्माण पश्चात उदघाटन गरिएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समिति द्धारा निर्माण गरिएको शुद्ध पिउने पानीको लागी शार्वजनिक कलात्मक ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकीको बौद्ध परम्परा र बैदिक परम्परा अनुसार आज एक कार्यक्रमका विच समितिका अध्यक्ष राजकुमार लामाले उदघाटन गरेका हुन । पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले सकृयता दिदै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए । उनले वडा नं ६ मा मात्र नभएर क्षेत्र नं ३ भरिका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा क्षेत्र विकास समितिले सहयोग गर्दै आएको पनि वताए ।
सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई थियो । शुद्ध पिउने पानीको लागी ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी निर्माण पश्चात शुद्ध पिउने पानीको समस्या बाट राहत मिलेको स्थानियको भनाई छ ।
कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन तामाङ,समितिका पदाधिकारी पशुपतिनाथ श्याम खतिवडा ,सुरज लामा ,रग्वा शेर्पा शान्तिनगर उपभोत्ता समितिका अध्यक्ष बुद्धि गम्भिर थापा लगायत स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: