लौकहीमा गोली हानेर एक जनाको हत्या, स्थिति तनावपूर्ण

१७ पुष २०८२

इनरुवा । सुनसरीको कोसी गाँउपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो । उक्त घटना गएराति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् ।

यता स्थानीयले भने सशस्त्र प्रहरीले साहको हत्या गरेको भन्दै प्रदर्शन गरिरहेका छन् । घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको रहेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।