लोमान्थाङबाट दुई करोड भन्दा बढीको इलेक्ट्रिक भेप बरामद
२९ पुष २०८२
काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट सोमबार २ करोड, २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोको सुनकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएको छ ।
ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा ३/४ दिन अघि चीनबाट अवैध रुपले ल्याई नेपाल चीन सीमानाको कोरोला नाका नजिक गाडीमा लोड गरी राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्: