जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
९ माघ २०८२
काठमाडौं । सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटना छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको थियो ।प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले म्याद थपका लागि आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: